Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिके राउतले भने – अहिलेको सरकारलाई समर्थन छ, थप निर्णय पछि गर्छौं


    आइतबार, बैशाख २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्त्वको सरकारलाई दिएको समर्थन कायमै राखेको बताएका छन्।

    अध्यक्ष राउतले आफूहरू संसदमा सत्ता पक्षको कुर्सीमा बस्ने बताए।

    ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। त्यसैले हामी सत्ता पक्ष नै हो,’ उनले भने,‘सरकारलाई दिएको समर्थन कहिलेसम्म जारी राख्ने भनेर पार्टीले छिट्टै निर्णय गर्छ।’

    अहिलेकै अवस्थामा यो सरकारमा सहभागी हुन नसकिनेसमेत उनले बताए।

    जनमत पार्टीका तर्फबाट मन्त्री बनेका खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए। आफूहरूले माग्दै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको हो। उद्योग मन्त्रालय नपाए कृषि पाउनु पर्ने उसको अडान थियो। पुस ११ गते जनमत पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष खान मन्त्री बनेका थिए।

    प्रतिनिधि सभामा जनमत पार्टीका तर्फबाट ६ जना सांसद छन्। सत्ता गठबन्धनमा रहेर पनि उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीले अलग्गै उम्मेदवारी दिएको थियो। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका रामसहाय प्रसाद यादवविरूद्ध जनमत पार्टीकी ममत झा उम्मेदवार बनेकी थिइन्। त्यो बेलादेखि नै जनमत पार्टीको सत्ता गठबन्धनसँग मनमुटाव सुरू भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार