Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनियुक्त मन्त्री आचार्यले लिए शपथ


    आइतबार, बैशाख २४ २०८०
    985
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले आज शपथ लिएका छन् ।

    शीतल निवासमा आयोजित एक समारोहबीच मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

    महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई खानेपानी मन्त्रालयमा पठाएर आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

    कांग्रेसबाट आज शपथ लिएका मन्त्री आचार्य शेखर-गगन समूहका हुन् । अब जसपाको भागमा परेको वन मन्त्रालय मात्रै रिक्त छ ।

    सुरेन्द्रराज आचार्य कपिलवस्तुमा लामो समय नेपाली कांग्रेसको विभिन्न तहमा बसेर काम गरेका अनुभवी नेता हुन् । जिल्लाको पार्टी नेतृत्व सम्हालेका आचार्य अहिले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री छन् । २०७० को दोस्रो संविधान सभाको सदस्य पदमा निर्वाचित भई उनी तीन महिना सिँचाइ राज्यमन्त्री बनेका थिए ।

    दुई कार्यकाल कांग्रेस पार्टीको जिल्ला सभापति भएका आचार्य ०७४ मा कपिलवस्तु क्षेत्र नं २ बाट पराजित भएका थिए । ०७९ मंसिर ४ को निर्वाचनमा सत्तारुढ ५ दलको गठबन्धनको समर्थनमा उम्मेदार बनेका आचार्यले नेकपा एमालेका वृजेश कुमार गुप्तालाई ३१७ मतले हराएर विजयी भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार