काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई जोगाउने राजनीतिक चलखेलको आशंका गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच यसै विषयलाई लिएर भएका भेटघाटतर्फ इंकित गर्दै उनले यस्तो आशंका गरेका हुन् । सरकार र गृहमन्त्रीलाई दबाब आएको हुनसक्ने अनुमान गरेका अध्यक्ष नेपालले तर कुनैपनि दबाबसामु सरकार झुक्न नहुने बताए ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पूर्वगृहमन्त्री र उच्च राजनीतिक नेतृत्वसमेत जोडिएको यस प्रकरणलाई सरकारले स्वतन्त्र ढंगले छानविन गर्नुपर्ने धारणा पनि राखे । सरकारले नडगमगाइकन कारबाही अघि बढाउनु अध्यक्ष नेपालको विश्वास छ ।
‘निर्दोष पर्न भएन, दोषी उम्कन भएन। बदमासी गर्ने जोसुकै ठूला ओहदाका भएपनि छुट्न भएन’, उनले बताए।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौँ कुम्ल्याउने गिरोहसँग पूर्वगृहमन्त्रीहरु रामबहादुर थापा बादल, बालकृष्ण खाँण र एमाले सचिव टोपबहादुर रायमाझीको राजनीतिक साँठगाँठ रहेको खुलेको छ । तत्कालीन गृहसचिव (हाल उपराष्ट्रपति कार्यालय) टेकनारायण पाण्डे, बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् ।
रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपनि प्रहरीले उनलाई समात्न सकेको छैन । यहीबीच एमाले अध्यक्ष ओली सिंहदरबार र बालुवाटारको दौडधुपमा लागेपछि दोषी उम्क्याउने खेल भैरहेको भन्दै चौतर्फी आशंका भैरहेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend