बीरगंज । तराईका जिल्लाका प्रहरी प्रमुखहरुले सादा पोशाकमा प्रहरी खटाउने र ती प्रहरी अपराध नियन्त्रणमा भन्दा अतिरिक्त कमाइतिर केन्द्रित हुने गरेको समाचार बारम्बार आउने गरेको छ । अर्थतन्त्र संकटग्रस्त छ, लक्ष्यअनुरुप राजस्व असुली हुन नसकिरहेको अवस्था छ । प्रहरीका यिनै घुमुवाको सेटिङमा सीमा क्षेत्रमा भन्सारछली तस्करीबाट सामान भित्रन छुट दिंदा लक्ष्य अनुरुप राजस्व असुली हुन नसकेको तीतो यथार्थता छ ।
दरबन्दी अर्कै प्रदेशमा भएका त्यस्ता प्रहरीमध्ये कतिपय त जागिरमा प्रवेश गरेदेखि नै सादा पोशाकमा परिचालित हुँदैआएका छन् । जिल्ला र इलाकाका प्रमुखले सादा पोशाकमा घुमुवाका रुपमा खटाइएका र लामो समयदेखि कार्यरत भएकाले तस्कर, नदी दोहन गर्ने क्रसर ब्यवसायीहरु र अपराधीले उनीहरुलाई मिलाएर आफ्नो अवैध कारोबार निर्बाध गर्दैआएका छन् । मधेशमा समूह समूहको क्रियाकलाप बढ्नुमा लामो समयदेखि कार्यरत घुमुवाहरुमार्फत् नै सशस्त्र समूहले सूचना लिने र चन्दा आतंक, हत्या, हिंसाका घटना घटाउँदै आएको पुष्टि भएपछि ठूलो संख्यामा सरुवा भएका थिए ।
यस्तै हालका आईजीपी वसन्तबहादुर कुँवरको निर्देशनमा लामो समयदेखि एकै ठाउँमा काजमा कार्यरत रहेका विवादास्पद प्रहरीहरुको काजफिर्ता भइरहेको छ । आईजीपी कुँवरको निर्देेशनमा काजफिर्ता गरी रवाना दिन जिल्लाका प्रहरीका हाकिम बाध्य भएका छन् । तर तीमध्ये केही राजनीतिक शक्ति र प्रहरी संगठनमा राम्रो पँहुच भएका विवादास्पद बदनाम घुमुवाहरुलाई रवाना नगरी जिल्लाका एसपीहरुले नै काखी च्यापेर राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा ७ वर्ष भन्दा लामो समयदेखि घुमुवाको रूपमा कार्यरत बरिष्ठ हवल्दार राजमंगल सिंहको दरबन्दी मधेश प्रदेश बाहिर र महोत्तरीमा ५–६ वर्षदेखि घुमुवाको रूपमा कार्यरत प्रहरी सहायक निरीक्षक संजय पासवानको दरबन्दी काभ्रे रहेता पनि शक्तिको आडमा लामो समयदेखि उनीहरु त्यहीँ छन् । यी दुवै घुमुवा भारतसँग जोडिएका सिमानाकाबाट अबैध कारोबार, जालीनोट र चोरी तस्करीको नेटवर्क संचालन गर्ने मुख्य नाइके नै मानिन्छन् । सिंहलाई रौतहटका एसपी वीरबहादुर बुढा र पासवानलाई महोत्तरीका एसपी प्रकाश मल्लले परिचालन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका घुमुवा प्रहरी सहायक निरीक्षक(असई) संजय सिंह राम्रो कमाई हुने माल्दार ठाँउ प्रहरी चौकी कटुधारको इन्चार्ज रहे पनि उनी जिल्लाका पनि घुमुवा हुन् । उनका सहयोगी अर्का घुमुवा ५ वर्षदेखि अड्डा जमाएर बसेका राजेश्वर राय यादवले तस्करीको लाइन दिएर अबैध कारोबारीबाट लाभ लिने गरेको खुलेको छ ।
महोत्तरीको सम्सी नाकाबाटबाट बाला, कालिया, श्याम, नियाज, सिकेन्द्र यादव, सुनिल यादव, आलमा, राजा चौधरी र मटिहानी नाकाबाट बिन्देश्वर नायक, सुजित, महेश, मुना, रोशन लगयतको तस्करहरुले कपडा, किराना हार्डवेयरको लाइन चलाइरहेका छन् ।
यस्तै धनुषाको इलाका प्रहरी कार्यालय खजुरीमा ६ बर्षदेखि घुमुवाको रूपमा कार्यरत हवल्दार बृजेश मुखियाले धनुषाको इनर्वा, दुबही मैनाथपुर, ठाडी झिझा लगायतको सिमानाकामा भन्सारछली गरी तस्करी गर्दैआएका छन् । इनर्वा नाकाबाट भारततर्फ रक्सीको तस्करी गर्न मासिक दररेट बुझाएर सोशिल यादव र राकेश यादवले लाइन पाएका छन् भने कपडा हार्डवेयरको लाइन छोटुले पाएका छन् ।
तस्करीको दुनियाँमा धनुषामा नामुद भनेर चिनिएका चाची र उनका छोरा राजीव महासेठले दुबही मैनाथपुरबाट भारततर्फ स्याउ, मटर, मरीच, चाइनिज कष्टमेटिक, रक्सी र भारतबाट नेपालतर्फ कपडा , तेल, किराना सामान लगायत ल्याउने गरेका छन् । यसरी लाइन दिएबापत महिनाको दररेट बुझाएर तस्करीलाई निर्बाध रूपमा चलाइरहेका छन् । घुमुवा मुखियाले इप्रकाका इन्स्पेक्टरदेखि जिल्लाका एसपी बिश्वराज खड्काको नाममा समेत रकम उठाउने गरेको स्रोतले जनाएको छ । यी ब्यापारीसँग मासिक दररेट १ लाखदेखि ५ लाखसम्म घुमुवाले उठाउने गरेका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend