Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्लाका सीडीओमा कोरोना संक्रमण पुष्टि


    शुक्रबार, भाद्र १९ २०७७
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दैलेख । जुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भूपेन्द्र थापासहित ६ जना कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । बिहीबार सीडीओ थापासहित ६ जनामा कोरोना संक्रमण देखिएको हो । सीडीओ थापाले आफूलाई कोरोना संक्रमण भएकोबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।

    उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘जनताको जीवनको सुरक्षा गर्ने क्रममा काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी बोकेर कतव्र्य पालनाको सिलसिलामा कोरोना युद्धमा अहोरात्र खटिँदा कोरोना संक्रमित हुन पुगेको छु।’

    उनी बिहीबारबाटै आइसोलेशनमा बसेको बताइएको छ । बिहीबारसम्म जुम्लामा एक सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार