Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चर्चित हलिउड अभिनेता प्याटिन्सनलाई कोरोना पुष्टि


    शुक्रबार, भाद्र १९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हलिउड अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना संक्रमण देखिएपछि ‘ब्याटम्यान’ सुटिङ रोकिएको छ । फिल्म निर्माण कम्पनी वार्नर ब्रदरले प्रोडक्सन टिमकै एकजना आइसोलेसनमा बस्न गएको बताएका छन् ।

    ‘ब्याटम्यान प्रोडक्सनको एकजनामा कोरोना पुष्टि भएको छ । अहिले उनी आइसोलेसनमा छन् । फिल्मको सुटिङ रोकिएको छ’ निर्माण टिमले सार्वजनिक गरेको विज्ञप्ति लेखिएको छ । निर्माण टिमले कसैको नाम नै भने तोकेका छैनन् । फिल्मको सुटिङ लन्डनमा भइरहेको थियो ।

    हलिउड रिपोर्टरले फिल्मका मुख्य कलाकार प्याटिन्सनलाई नै कोरोना पोजिटिभ देखिएको समाचारमा उल्लेख गरेको छ । भ्यानिटी फेयरले पनि ‘ट्वाइलाइट’ अभिनेता प्याटिन्सनलाई नै कोरोना देखिएको समाचार लेखेका छन् ।

    ‘ब्याटम्यान’को सुटिङ गत मार्चमा लकडाउनका कारण रोकिएको थियो । म्याट रिभ्सले निर्देशन गर्ने ‘ब्याटम्यान’ २०२१ को अक्टोबर १ मा प्रदर्शनमा ल्याउने तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार