काठमाडौं । रियल म्याडिड्र स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । ओसासुनालाई २–१ ले पराजित गर्दै ९ वर्षपछि रियल म्याड्रिड च्याम्पियन बनेको हो ।
सेभियामा शनिबार राति भएको खेलमा ब्राजिली युवा विंगर रोड्रिगोले गरेको दुवै गोलको मद्दतले रियलले च्याम्पियनसिप हुन सफल भएको हो ।
खेल सुरु भएको पहिलो १०६ सेकेन्डमै रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए । यति छोटो समयमा गोल भएको यो पहिलो रेकर्ड पनि हो ।
कोपा डेल रेको फाइनलको इतिहासमा १७ वर्षअघि मात्रै यति छिटो गोल हुन सकेको थियो । र, पहिलो हाफको खेल १–० मा नै टुंगिन पुगेको थियो ।
दोस्रो हाफको ५८औं मिनेटमा ओसासुनाका लुकास टोरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरी बनाए । तर, ७०औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाउन सफल भए, सोही गोलले नै रियललाई केपा डेल रेको च्याम्पियन बनाउन मद्दत पुग्यो ।
रियलले यसअघि अन्तिम पटक सन २०१४ कोपा डेल रेको उपाधि जितेको थियो ।प्रस्ताव पेस गर्ने जनाइएको छ ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend