Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए


    बुधबार, चैत्र २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।

    गएराती रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी ३-३ गोलको बराबरीमा रोकिएका हुन् ।

    रियल म्याड्रिडका लागि रोड्रीगो र फेदेरिको भल्भेर्डेले एक एक गोल गरेका थिए भने एक गोल सिटीका रुबेन डियाजले आत्मघाती गोल गरेका थिए ।

    त्यसैगरी म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भा, फिल फोडेन र जोसको गाभार्डिओलले एक एक गोल गरेका थिए ।

    पहिलो लिगमा बराबरी खेलेपछि अब दोस्रो लिग रोमाञ्चक हुने भएको छ ।  अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १८ मा म्यानचेस्टर सिटीको घरेलु मैदानमा हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार