Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतारद्वारा भिसा र आइडीको म्याद १ वर्ष थप


    शुक्रबार, भाद्र १९ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कतार सरकारले पासपोर्ट र कतार आइडीको म्याद सकिएका विदेशीका कामदारलाई १ वर्ष म्याद थप्ने समय दिएको छ । कतारले पासपोर्टको म्याद नाघेको १ वर्षभित्र कतारी आइडीको समय सकिएको १ वर्षका लागि नवीकरण गरिदिने र भिजिट भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

    कतारमा रोजगारीका लागि भएका धेरै विदेशी कामदारको राहदानीको समय सकिए पनि काम गर्दै उत्तै बस्नेको संख्या धेरै छ । भिजिट भिसा कति समयसम्मका लागि नवीकरण हुन्छ भनेर मिति प्रष्ट पारिएको छैन । 

    कतार सरकारले कोरोना महामारीका कारण पासपोर्ट नवीकरण र जारी गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो सुविधा विदशी कामदारलाई दिएको दूतावासले जनाएको छ । कतार सरकारले दिएको सुविधा उपभोग गर्ने दूतावासले सम्बन्धित व्यक्तिलाई आग्रह समेत गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार