Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु


    शुक्रबार, भाद्र १९ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । कोरोना भाइरसको संक्रमणबाट बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना वृद्धको मृत्यु भएको छ। शुक्रबार बिहान बुटवल उपमहानगरपालिका ८ का ७८ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.बिष्णु गौतमले बताए।

    उनका अनुसार संक्रमित वृद्ध मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। कोरोना संक्रमण देखिएपछि उनलाई भदौ ४ गते अस्पताल भर्ना गरिएको थियो। ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछ भदौ १९ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

    भेन्टिलेटरमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. गौतमले बताए। यो अस्पतालमा उपचारका क्रममा अहिलेसम्म १० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ५८ पुगेको छ। त्यस्तै संक्रमितको संख्या ४२ हजार आठ सय ७७ रहेको छ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार