गण्डकी । गण्डकी प्रदेशमा आज थप ४० जना कोरोना सङ्क्रमति भेटिएका छन् । यससँगै गण्डकीमा कोरोना सङ्क्रमित संख्या दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।
पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक÷एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
