Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिकटकमा महिलाको चरित्रहत्या गर्ने एक जना प्रहरी नियन्त्रणमा


    बिहिबार, बैशाख २१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्र हत्या गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आज टिकटकमा महिलाको चरित्रहत्या गर्ने विजय लामा भन्ने डम्बर बहादुर तामाङलाई पक्राउ गरेको हो ।

    उनले सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडिओलाई काटकुट पारी अश्लीलतासहित प्रसारण गर्ने र महिलाको चरित्रमा आँच पुर्‍याउने काम गरेको प्रहरीले जनाएको छ ।

    सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको भन्दै तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा बिहीबार पाँच दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार