Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रान्तिकारी माओवादीद्वारा राष्ट्रिय आवास कम्पनीको जग्गा कब्जा


    बिहिबार, भाद्र १८ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • परासी । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर कमिटीले राष्ट्रिय आवास कम्पनीको जग्गा कब्जा गरेको घोषणा गरेको छ । कमिटीले पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीस्थित कम्पनीको जग्गा कब्जा गरेको घोषणा गरेको हाे।

    बिहीबार राष्ट्रिय आवास कम्पनीको नाममा रहेको ८ बिघा १२ कठ्ठा २ धुर जग्गा सार्वजनिक जग्गमा परिणत हुनुपर्ने भन्दै पार्टीको झण्डा गाडेर कब्जा गरेको क्रान्तिकारी माओवादी बर्दघाट नगर सेक्रेटरी क्रान्तिले बताए ।  

     वैद्य माओवादीका कार्यकर्ताहरुले कोणसभाको आयोजना गरेर आवास कम्पनीले सस्तो मूल्यमा जग्गा बिक्री गर्न खोजेको, दलाली लगाएर सरकारी जग्गााको कारोबार गर्न खोजेको भन्दै कब्जा गरेको जनाएको छ ।

    साथै जग्गा बिक्री गर्न खोजेमा पार्टीले कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।  पटक पटक सूचना प्रकाशित गरेर राष्ट्रिय आवास कम्पनीले सो जग्गा बिक्री गर्न खोजेपनि स्थानीयको अवरोध र विरोधको कारण जग्गा बिक्री हुन सकेको छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार