Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रजिअसहित ६ जनामा कोरोना संक्रमण पुष्टि


    बिहिबार, भाद्र १८ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जुम्लाका सिडियो अधिकारीसहित ६ जनामा कोरोना देखिएको हो ।

    प्रजिअ अधिकारीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले कार्यालयसँग सम्बन्धित अत्यावश्यक कामका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई भन्न पनि आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार