Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अजरबैजानी प्रमुख विपक्षी नेतालाई चार वर्ष जेल सजाय


    बिहिबार, भाद्र १८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अजरबैजानले बिहीबार राष्ट्रपतिका इल्हाम अलीएभको एक प्रमुख विपक्षीलाई चार बर्ष तीन महिनाको जेल सजाय तोकेको छ । उहाँको दल र मानव अधिकारवादी समूहलाई राजनीतिक प्रतिशोधका लागि काम गरेको अभियोग लगाइएको छ । 

    राजधानी बाकुको एक अदालतले सरकार विरोधी मुसावत पार्टीका उपसभापति तोफिग यागुब्लुलाई देशमा गुण्डागर्दी लाई प्रोत्साहन गरेको आरोप लगाइएको उहाँकी छोरी निगियार हजीले एएफपीलाई बताउनुभयो । 

    अभियोजनकर्ताहरूले यागुब्लूलाई एक विवाहित जोडीलाई शारीरिक यातना दिएको  आरोप पनि लगाएका छन् । केही समय पहिले उहाँ कार दुर्घटनामा पर्दा ती महिलालाई दुब्र्यबहार गरेको पनि आरोप उहाँलाई लगाइएको छ । 

    मानव अधिकारवादी समूहले उक्त फैसलालाई ‘न्यायको उपहास’ भन्दै उक्त कदमको निन्दा गर्नुकासाथै अजरबैजान सरकारलाई याग्बुलुलाई तत्काल मुक्त गर्न आग्रह गरेको छ ।

    उहाँको अभियोगसँगै सरकारले सरकारी आलोचकहरूलाई शान्त पार्न लामो समय देखि झुट्टा आरोपहरू लगाउने गरेको मानव अधिकारवादी उक्त समूहले बताएको छ । 

    मुसावत पार्टीका नेता आरिफ गजलीले आफ्ना उप नेताको पक्राउबारे सरकारको आलोचना गर्दै भन्नुभयो, “यागुब्लुविरूद्धको अभियोग उहाँको राजनैतिक क्रियाकलापलाई कमजोर पार्ने प्रयत्न मात्र भएको बताउनुभएको छ । उहाँले अजरबैजानमा ‘न्याय प्रणाली’को पूर्ण पतन भएको सङ्केत गर्नुभएको छ । 

    सजाय सुनाइएपछि ५९ वर्षीय यागुब्लुले आफुलाई राजनीतिक प्रतिशोधका आधारमा सजाय तोकिएको भन्दै सबै आरोपको खण्डन गर्नुभएको थियो ।  उहाँलाई यस पहिल्यै प्रहरीले यदि उहाँले राष्ट्रपतिको आलोचना गर्न नछोडेमा प्रहरीले गिरफ्तार गर्ने धम्की दिएको पनि उक्त अवसरमा बताउनुभयो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार