Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट


    बिहिबार, भाद्र १८ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि ती युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका हुन् ।

    कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो । प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए ।

    लगत्तै लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिएका थिए । त्यसक्रममा प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो ।

    त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेको देखिन्छ । केहीवेरपछि एक जना प्रहरीले उनको उद्दार गरेर लगेको देखिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार