Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाको कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु


    बिहिबार, भाद्र १८ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्र थप ६ जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट २ सय ५७ जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा चितवनका ४० वर्षीया, भक्तपुरका ४० वर्षीया, रुपन्देहीका ७७ वर्षीया, तनहुँका ९२ वर्षीया महिलाहरु रहेका छन् । 

    त्यसैगरी सिन्धुपाल्चोक ७७ वर्षीया र रुपन्देहीका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार