काठमाडौं । पृथ्वी राजमार्गको धार्केमा १८ घण्टादेखि बन्द भएको यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ । धुनिबेंसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएपछि सोमबार अपरान्ह ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी सञ्चालनमा आएको छ ।
भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक शन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले लगातार १८ घण्टा काम गरेपछि अस्थाइ रूपमा सडक सञ्चालन गर्न सकिने अवथामा आएको थियो ।
यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सबारी जाम हटाउन कठिनाइ भएको थियो । पूर्व पश्चिमका जिल्लाबाट रातीको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले जोगिमारा, मलेखु, घाटबेंसी, आदमघाट लगायतका प्रहरी चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको थियो । राजमार्ग एकतर्फी सञ्चालन आए पनि मंगलबार अबेरसम्म पनि राजमार्गको जाम हटेको छैन । नागढुंगा नौबिसे क्षेत्रमा समेत सवारी साधनको जाम लागेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend