काठमाडौं । नेपालमा आज कोरोना भाइरसका १ हजार २ सय २८ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका यी संक्रमितसहित नेपालमा हालसम्म दे४२ हजार ८ सय ७७ जनामा संक्रमण पुष्टि भैसकेको छ ।
आज संक्रमित भएकामध्ये ३ सय ९४ महिला र ८ सय ३४ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९१७ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो त्यसैगरी हालसम्म २४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।
आज देशभरका १३ हजार ४ सय १७ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ३१ हजार ८५२ पीसीआर परीक्षण गर्नेको संख्या ६ लाख पुगेको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ६७१ जना र होम आइसोलेसनमा ७ हजार ७४२ रहेका छन् । आजसम्म देशभर ६ हजार ७४९ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १३ जना, प्रदेश १ मा एक जना र प्रदेश ५ मा ३ जना गरी १७ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १४१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी ८१ जना छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । भोजपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।