चितवन । चितवनमा आज दिउँसो थप एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका २ का ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सञ्चार संयोजक हरि बोहोराले जानकारी दिए ।
उनका अनुसार ती पुरुष ९ गते अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका थिए । उनको आइसोलेसन कक्षमा आज दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको हो । उनी अल्कोहोलिक हेपाटाइटिस र मिर्गौला रोगी भएको बोहोराले बताए ।
बिहान सोही अस्पतालमा भरतपुर महानगरपालिका ११ की एक महिलाको मृत्यु भएको थियो ।