Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कन्ट्याक्ट ट्रेसिङ गर्दा पोखरा औद्योगिक क्षेत्रमा भेटिए २९ जना कोरोना संक्रमित


    बिहिबार, भाद्र १८ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रे्सिङ गर्दा क्रममा पोखरा औद्योगिक क्षेत्रमा बिहीबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जोखिमयुक्त समूहको परीक्षण गर्ने क्रममा औद्योगिक क्षेत्रमा बुथ राखेर स्वाब संकलन गरिएको बताए । 

    पोखराको क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा वडा नम्बर १, ५, ८, १०, १२, १३, १४, १६, २७ र ३० का २१ देखि ५८ वर्षसम्मका २९ जनामा कोरोना पोजिटिभ देखिएको छ । पोखरा–१२ मा ८ जना र १० नम्बर वडामा ७ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

    यसअघि बिहीबार नै प्रदेश सांसदमा कोरोना संक्रमण देखिएको थियो । पोखरामा पहिलोपल्ट एकै दिन ३० जना संक्रमित भेटिएका हुन् । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले बताए ।

    बिहीबारसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ११ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार