Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निषेधाज्ञा तोडेकाले भिड हटाइएको हो : प्रजिअ ललितपुर


    बिहिबार, भाद्र १८ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै दुई सातादेखि उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको अवज्ञा गर्दै पुल्चोकमा केही नेवार समुदायका युवाहरु उपस्थित भएपछि प्रहरी र उनीहरुबीच झडप भएको थियो । 

    ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञा तोड्दै भिड जम्मा भएकाले हटाइएको बताएका छन् । 

    ती युवाहरु रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि भन्दै जम्मा भएका थिए । प्रहरीले सो भिड हटाउन माइकिङ गरेपनि उनीहरुले अटेर गरेका थिए । त्यसपछि दुबै पक्षबीच झडपको स्थिति बनेको थियो ।

    रथ तान्न आएकाहरुले प्रहरीको मोटरसाइकल जलाएका छन् भने प्रहरीको वाटर केननमा समेत ढुंगामुढा गरेका छन्। 

    प्त्यरहरीले पनि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेपछि भने अहिले सो स्थानमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार