Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिनिट्रक दुर्घटनामा एकको मृत्यु


    बिहिबार, भाद्र १८ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रामपुर । रामपुर नगरपालिका– ४ स्थित टुनीभञ्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही जिल्ला बागमती नगरपालिका- ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराज रहेका इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

    बिहीबार बिहान बुटवलबाट रामपुर आउँदै गरेको बागमती प्रदेश–०३–००१–००७१ नम्बरको मिनिट्रक दुर्घटना भएको हो।

    ट्रक चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा अर्का एक जना भने सामान्य घाइते थिए। ट्रक सडकबाट एक सय ५० मिटर तल खसेको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार