काठमाडौं । गृहमन्त्री रामबहादुर थापा चढेको हेलिक्पटरको इमर्जेन्सी ल्याण्डिङ भएको छ । बाग्लुङ बाढीपहिरोको अवलोकन तथा राहत वितरण गर्न उडेको गृहमन्त्री सवार भएको हेलिकप्टर पोखरामा ल्याण्ड गरिएको हो ।
नर्पाली सेनाको सो हेलिकप्टर खराब मौसमका कारण बाग्लुङ जान नसकेपछि पोखरामा इमर्जेन्सी ल्याण्डिङ गरिएको हो ।
बागलुङमा अहिले वर्षासँगै बाक्लो कुहिरो लागिरहेको छ। अब गृहमन्त्री सहितको राहत बोकेको हेलिकप्टरले मौसम सामान्य हुने अवस्थासम्म कुर्ने भएको छ । बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ। ३६ जना अझै बेपत्ता छन्।