Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निषेधाज्ञा थप कडा नबनाएकोमा नगरपालिका फोरम असन्तुष्ट


    बिहिबार, भाद्र १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बुधबार साँझ काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले केही खुकुलो गरी पुनः एक हप्ता थप गरेको निषेधाज्ञाप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको छ। तीन वटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गर्दै नगरपालिका फोरमले विज्ञप्ति नै जारी गरेको छ।  

    तीन वटै जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उपत्यकाभित्र विकास निर्माणसँग सम्वन्धित पसल-व्यवसायका साथै सोको ढुवानीका लागि प्रयोग गर्ने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने तर, नेपाल सरकारले तोकेको स्वास्थ्यसम्वन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ। नगरपालिका फोरमकाे सबैभन्दा बढी असन्तुष्टि यही बुँदामा छ।  

    ‘यही भदौ १८ गतेदेखि लागू हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल-व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ,’ उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक वस्तु र सेवालाई विहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गरिन्छ ।’ 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार