Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिपुलेकमा बढ्यो भारतीय गतिविधि, लडाकु विमानबाट समेत गस्ती


    बिहिबार, भाद्र १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दार्चुला । छिमेकीसँग सीमा विवादमा अल्झिरहेको भारत अहिले सीमा क्षेत्रमा शक्ति प्रदर्शन गरिरहेको छ । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरिरहेको भारतले अहिले सो क्षेत्रमा चीनलाई देखाउनका लागि शक्ति प्रदर्शन गरेको बुझिएको छ । 

    पछिल्ला दिनहरुमा भारत र चीनबीचको सीमा विवाद झन् बढ्दो क्रममा रहेको छ । केही दिनअघि दुई देशका सैनिक बीच  ढुंगामुढा तथा हात हालाहाल हुँदा केही भारतीय सैनिक हताहत भएको खबर समेत बाहिरिएको थियो ।  सोहीकारण पनि सीमामा भारतीय गतिविधि बढिरहेको बुझिएको छ । 

    चिनियाँ पक्षले आफ्नो सीमा क्षेत्रमा लडाकु विमान ल्याएको अनुमान गरेको भारतले पनि लिपुलेक पासमा लगायतका चीनको सीमा नजिक आफ्नो लडाकु विमानबाट गस्ती सुरु गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

    मंगलबार र बुधबार भारतका सैनिक विमानले गस्ती गरेको र लिपुलेक लगायतको क्षेत्रमा भारतीय सैनिकको उपस्थिति समेत बढाइएको दावी भारतीय मिडियाले गरेको छ । अर्कोतर्फ चीनले पनि भारतसँग विवाद भएका क्षेत्रमा सैनिक बल दोब्बर बनाएको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार