Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रमिकको संरक्षणको लागि प्याकेज ल्याउन आग्रह


    बिहिबार, चैत्र १३ २०७६
    595
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १३ चैत। लकडाउनको समयमा ज्यालादारीमा काम गर्ने जनताको लागि  विशेष प्याकेज ल्याउन प्रवुद्ध व्यक्तिहरुले सरकारसँग माग गरेका छन् । सरकारले लकडाउन गरेपछि दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका श्रमिकहरूहरु अप्ठेरोमा परेको भन्दै उनीशरुबमे संरक्षणको लागि उनीहरुले सरकारलाई आग्रह गरेको हो ।

    पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ, सुशीला कार्की, डा. केदारभक्त माथेमा, दुर्गा सुवेदी लगायतले विहीबार संयुक्त विज्ञप्ति निकालेर न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका हुन् । विज्ञप्ति जारी गर्नेहरुको सूचीमा साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको पनि नाम छ ।

    ‘दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गरोस् भनि हामी सरकारसँग जोडदार माग गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

    ‘रोगबाट बच्न खोज्दा भोक स्वीकार्नुपर्ने वाध्यता नहोस्’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गर्नुपर्छ । त्यस्तो प्याकेजमा निःशुल्क रासन, बेतनसहितको विदा, बालबच्चाको स्कूलमा शुल्क मिनाहा, निशुल्क उपचार आदि हुन सक्छ, जसलाई स्थानीय सरकारहरूमार्फत कार्यान्वयन गर्न सकिन्छ ।’

    राहतको अनुरोधकर्ताहरुले कोरोना संक्रमण ९कोभिड १९० नियन्त्रणका लागि नेपाल सरकारले हालैका दिनहरूमा देखाएको गम्भीर चासो र लिएका कदमहरू स्वागतयोग्य रहेको पनि बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार