Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम कति ?


    आइतबार, बैशाख १७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से सूचक १९.११ अंकले घटेर १८७० को विन्दुमा कायम हुन पुगेको छ ।

    आज नेप्सेमा सूचीकृत २७१ कम्पनीको ३२ लाख ३ हजार ४४६ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

    नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक हाइड्रोपावर उपसूचक १.८७ प्रतिशतले घटेको छ । त्यस्तै, ब्यापार उपसूचक १.६८ प्रतिशत र म्युचुअल फण्ड उपसूचक १.३९ प्रतिशतले खस्किएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार