काठमाडौं । अहिलेको सरकारमा माधव नेपाल नेतृत्वको एकीकृत समाजादीले दुई क्याबिनेट र एक राज्य मन्त्री पाए पनि पार्टीका नेता र कार्यकर्ताले मन्त्री हुनुको अनुभूति गर्न पाएका छैनन् ।
पार्टी अध्यक्ष नेपालसँग गुनासो गर्न पुगेका नेता र कार्यकर्ताहरुले उनलाई भने अनुसार सबभन्दा बढी सरोकार जोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वालाले आफ्नो सचिवालय व्यवस्थापन गर्न नसक्दा पार्टीकै मान्छेहरु अपमानित भएर फर्किनुपरेको छ । अरु त अरु स्थायी कमिटी सदस्य रामचन्द्र झालाई नै ज्वालाका सचिवालयका मान्छेहरुले ‘तपाईंलाई हामी चिन्दैनौं’ भनेर फर्काइदिएपछि झाले आफ्नो दुखेसो पार्टी अध्यक्षसँग पोखेका हुन् । झा धनुषा जिल्लाका विभिन्न योजनाहरुको सूची लिएर मन्त्रालय पुगेका थिए ।
मन्त्रीसँग भेट्न नपाएपछि उक्त सूची आलोकनगरस्थित पार्टी अध्यक्षको सचिवालयमा बुझाएर जनकपुर फर्किए । अरुले मन्त्री भेट्न र कुरा राख्न नपाएका गुनासो त छँदैछन्, उक्त पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसालकै सचिवालयका मान्छेहरुले पनि ज्वालाको सचिवालयमा रेस्पोन्स नपाएको गुनासो गरेका छन् ।
भुसालका स्वकीय सचिव सुशील भट्टराई, दीपक आचार्यहरुले मन्त्रीका तर्फबाट बुझाउन चाहेका योजना लिएर मन्त्रालय जाँदा मन्त्रीसँग त भेट्न पाएनन् नै, सचिवालयमा पनि उनीहरुको कुराको वास्ता नभएपछि मन्त्री भुसाल आफैंले ज्वालालाई योजनाहरुको सूची बुझाए ।
नयाँ आर्थिक वर्षका लागि बजेट विनियोजनको चटारो छ । योजनाहरु छनौट गर्ने र रातो किताबमा समावेश गर्ने कामका लागि सबभन्दा बढी योजना भौतिक मन्त्रालयमार्फत् जाने गर्दछ । बढी लागतका सडक, पुल र अन्य भौतिक पूर्वाधार माग गर्ने राजनीतिक अगुवाहरुको मन्त्रालयमा ताँती लाग्ने गरेको छ । अरुले मन्त्री भेट्न पाउँदा त्यही पार्टीका अर्का मन्त्रीका सचिवालय सदस्य, पार्टी स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, जिल्लाका अध्यक्षहरु भेट्न नसकेर फर्किनुपरेको हो ।
ज्वालाले स्वकीय सचिवमा आफ्नै छोरा सन्तोष बिसीलाई राखेका छन् । उनी नियतबस बेइमानी त गर्दैनन् । तर, उनले पार्टीका नेता र कार्यकर्तालाई चिनेका छैनन् । बिसीले कोसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने पनि नजानेका कारण उनको व्यवहारबाट पार्टीका नेता र कार्यकर्तामा अपमानबोध भएको गुनासो अध्यक्षसँग गरेका छन् । पत्रकारिता पृष्ठभूमि भएका जीवन बीसी पनि मन्त्रालयमा देखिन्छन् । तर, उनी आफू स्वकीय सचिव नभएर व्यक्तिगत सम्बन्धका आधारमा मन्त्रीलाई सहयोग गरिरहेको भन्ने गर्दछन् । निजी सचिवका रुपमा कालिकोटको सीडीओबाट भर्खरै सरुवा भएका उपसचिव रामहरि शर्मा हाजिर भएका छन् । उनले पनि कामको मेसो पाउन सकेका छैनन् । भेट्न गएका मान्छेहरुलाई उनले आफू भर्खरै आएको कारण कुरा बुझ्न बाँकी रहेको भन्ने गरेका छन् ।
एकातिर ज्वालाको सचिवालय व्यवस्थित नहुँदा पार्टीका मान्छेहरु रुष्ट छन् भने अर्कातिर कृषि मन्त्री भुसालको सचिवालयमा मान्छेहरु हुँदा पनि कामले गति लिन सकेको छैन । उनको सचिवालय व्यवस्थित छ, तर सचिवालयका सदस्यहरुले मन्त्रालयका काम, गतिविधि र कार्यक्षेत्रबारे बुझेका छैनन् । मन्त्रालयमा केही कर्मचारी अनुदान बाँडेर त्यसको कमिसन खाइरहेका छन् । पार्टीका मान्छेहरुले कृषि अनुदानका फाइल लिएर जाँदा मन्त्रीको सचिवालयमा रहेका मान्छेहरुले अनुदान बन्द भएको जवाफ दिने गरेका छन् ।
भौतिक मन्त्रालयमा मन्त्री एकीकृत समाजवादीका नेता भए पनि कर्मचारीको अह्रनखटन माओवादीबाट हुने गरेको छ । यसअघिका मन्त्री नारायणकाजी श्रेष्ठका विश्वासिला इन्द्रमणि पोखरेल मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा छन् । अहिले श्रेष्ठ गृहमन्त्री छन्, तर भौतिकका सरुवा र काज उनैले भने अनुसार हुने गरेका छन् ।
कृषि मन्त्रालयमा त्यस्तै लथालिङ्ग छ । समाजवादी छोडेर एमालेतिर गइसकेका भोला पोखरेलहरुको निर्देशनअनुसार कर्मचारी चल्ने गरेका छन् । मन्त्रीलाई कांग्रेस र एमाले कर्मचारीहरुले घेरामा राखेका छन् ।
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend