Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सेयर बजारमा १३.६८ अंकको गिरावट, कारोबार रकम कति ?


    बुधबार, बैशाख १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आज साताको चौथो कारोबार दिन बुधबार सेयर बजार राताम्मै भएको छ । अघिल्लो दिन मंगलबार १७.३६ अंकले बढेको सेयर बजार आज भने दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ को विन्दुमा झरेको छ । बुधबार सबै उपसूचकहरु ओरालो लागेको छ ।

    यसैगरी, २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर कारोबार हुँदा ८४ करोड ७० लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो ।

    सबभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड रुपैयाँको सेयर किनबेच भएको हो। यसैगरी तारागाँउ रेजेन्सी होटलको ३ करोड ९० लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ ।

    यसैगरी बुधबार जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था ३.२५ प्रतिशत, कुमारी इक्विटी फण्ड २.५१ प्रतिशत, एनआइसि एशिया सेलेक्ट फण्ड २.३० प्रतिशत, उपकार लघुवित्त वित्तिय संस्थाको २.२७ प्रतिशत, ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाको २.१८ प्रतिशतले मूल्य घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार