Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक


    मंगलबार, बैशाख १२ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा जेठ ९ गते सुरु भई १८ गतेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुबाट प्राप्त हुने सिम्बोल नम्बरका आधारमा सम्बन्धित विद्यालयले आ–आफ्नै विद्यालयमा सञ्चालन गर्न बोर्डले सूचित गरेको छ ।

    विद्यालयहरूले आफ्नो अनुकूलतामा परीक्षा सञ्चालन गरी मूल्याङ्कन, नतिजा प्रकाशन एवं ग्रेडसिट प्रदान गर्नुपर्नेछ । परीक्षा तोकिएका दिनहरूमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि पूर्वसूचनाबिना परीक्षा स्थगित नगरिने कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार