Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव ४ हजार मतान्तरले अगाडि


    मंगलबार, बैशाख १२ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । करिब ४ हजार मतान्तरसहित उनले अग्रता लिएका छन् ।

    पछिल्लो जानकारी अनुसार  यादवले ११ हजार ४३५ मत प्राप्त गरेका छन् । उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ७ हजार ४६३ मतका साथ पछ्याइरहेका छन् । कुशवाहाा ३ हजार ९७२ मतले यादवभन्दा पछाडि छन् ।

    त्यसैगरी, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार २१५ मतका साथ तेस्रो  स्थानमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार