Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • फ्लाई दुबईको विमान सुरक्षित आफ्नो गन्तब्यतिर जाँदैछः पर्यटन मन्त्री किराँती


    सोमबार, बैशाख ११ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबईको लागि उडेको फ्लाई दुबईको विमानको दायाँतर्फको इन्जीन फेल भए पनि काठमाडौंमा अवतरण नगरी गन्तब्यमै सुरक्षित ल्याण्ड गर्ने तयारी पाइलटले गरेका छन् ।

    त्रिभुवन विमानस्थलबाट उड्नासाथ  विमानमा आगो लागेपछि ठुलो आवाज आएको थियो । इन्जीन फेल भएपछि जहाज काठमाडौंमै अवतरण गर्ने भनिए पनि पछिल्लो समयमा दुबईमै लाने बताइएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक संजाल फेसबुकमार्फत् फ्लाई दुबईको विमान सुरक्षित रहेको र आफ्नो बाटोमा अघि बढेको जानकारी दिएका छन् । उनले भनेका छन्–केही समस्या आएको थियो । अहिले फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नु होला ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार