Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • त्रिुभवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको विमानमा आगो लाग्यो, फोर्स ल्याण्डिङको तयारी


    सोमबार, बैशाख ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानमा आगो लागेको छ । फ्लाई दुबईको विमानमा उड्नासाथ आगो लागेको हो । उडेको केही वेरमै आगो लागेको विमानको एउटा इञ्जिन फेल भएको बुझिएको छ ।

    विमानमा दुईवटा इन्जिन हुन्छन् । एउटा इन्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान इमाडोल (ललितपुर) क्षेत्रमाथि पुगेलगत्तै ठूलो आवाजसहित पड्किदा आगो लागेको थियो ।

    १६२ जना यात्रु बोकेको फ्लाई दुबईको उक्त जहाज त्रिभुवन विमानस्थलमा फोर्स ल्याण्डिङको तयारी भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार