Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको सुन-चाँदीको मूल्य


    आइतबार, बैशाख १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन-चाँदीको भाउ घटेको छ । गत शुक्रबरको तुलनामा आज छापावाला सुनको मूल्य ९ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ८५० रुपैयाँले घटेको छ ।

    शुक्रबार प्रतितोला एक लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार तीस रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन एक लाख ८ अजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन शुक्रबार एक लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला एक हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार