Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • राष्ट्र बैंकले गर्यो ९ वाणिज्य बैंकमाथि कारबाही, कुनलाई कति जरिवाना ?


    शुक्रबार, बैशाख ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका ९ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ । अधिकांश बैंकहरू नेपाल राष्ट्र बैंकले तोकेको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) लाई उल्लंघन गरेको अभियोगमा कारबाही गरेको हो ।

    केही बैंक भने सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    यता राष्ट्रिय वाणिज्य बैंक भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाहीमा परेको छ ।

    तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) ले सहुलियपुर्ण कर्जा एकै समुहलाई पटक-पटक दिएको, कर्जा नोक्सानीको व्यवस्था समेत नगरेको र राष्ट्र बैंकको निर्देशनविपरीत कर्जाको प्रिमियम तोकेको भन्दै तत्कालीन सीईओ रमेश अर्याललाई सचेत गराइएको छ ।

    अर्याललाई आफ्नो अधिकारभन्दा बाहिर गएर कर्जा स्वीकृति गरेकाले ५ लाख रूपैयाँ जरिवाना तिराइएको छ । त्यतिबेला एनसीसी कुमारी बैंकमा मर्ज भइसकेको थिएन । यस्तै एनसीसीलाई नगाभ्दै कुमारी बैंकले पनि सहुलियपूर्ण कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको र मुद्दती निक्षेपमा बढी ब्याज दिएको भन्दै तत्कालीन सीईओलाई पनि सचेत गराइएको छ ।

    सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन निर्देशनको उल्लंघन गरेको सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई १० लाख रूपैयाँ नगद जरिवाना गरिएको केन्द्रिय बैंकले जनाएको छ । यस्तै तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले पनि कर्जा निक्षेप अनुपात कायम नगरेपछि २ करोड ४ लाख रूपैयाँ जरिवाना तिर्नुपरेको छ । सेञ्चुरीले साउन र भदौको सीडी रेसियो कायम गरेको थिएन । नेपाल बैंकलाई १ लाख ५९ हजार रूपैयाँ जरिवाना तिराइएको छ । यसले साउनको सीडी रेसियो उल्लंघन गरेको थियो । राष्ट्र बैंकले नबिल बैंकबाट पनि ६ करोड ४६ लाख ४५ हजार रूपैयाँ जरिवाना लिएको छ । नबिलले साउन, भदौ र असोजमा सीडी रेसियो उल्लंघन गरेको थियो ।

    ग्लोबल आईएमई बैंकले भदौ र असोजको सीडी रेसियो कायम नगर्दा ४ करोड ४२ लाख जरिवाना तिर्नुपरेको छ ।

    कृषि विकास बैंकले भदौ महिनाको सीडी रेसियो कायम नगर्दा ६९ लाख ५८ हजार रूपैयाँ नगद जरिवानामा परेको छ । यता हिमालयन बैंकले पनि भदौको सीडि रेसियो कायम नगर्दा ७१ लाख ७२ हजार रूपैयाँ नगद जरिवानामा परेको नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार