Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • आज सुनको भाउ बढ्यो, चाँदीको कति ?


    शुक्रबार, बैशाख ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ बढेको छ।

    आज प्रतितोला छापावाल सुनको भाउ ४०० रुपैयाँ तेजाबी सुनको भाउ ३५० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छाापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो प्रतितोला छापावाल सुन ५०० रुपैयाँ र तेजाबी सुन ५५० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावालसुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, आज पनि चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै तोलको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार