काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटको लागि तीन सदस्यीय विज्ञ समूह बनाएका छन्। आफ्ना प्रमुख आर्थिक सल्लाहकार डा विश्व पौडेलको नेतृत्वमा डा पोषराज पाण्डे र डा गुणाकर भट्ट सहभागी हुने गरी अर्थमन्त्रीले विज्ञ समूह बनाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् भने पाण्डे राष्ट्रिय योजना आयोगका पूर्वसदस्यका साथै अन्तर्राष्ट्रिय व्यापार मामिलाका जानकार हुन्। डा भट्ट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिनेछन् भने भट्टले अर्थ मन्त्रालय आएर काम गर्नेछन्।
यो समूहले अर्थमन्त्रीलाई अर्थ मन्त्रालयसँग जोडिएको विषयमा सल्लाह र सुझावहरु दिनेछन्। विज्ञ समूहका नेतृत्वकर्ता डा पौडेल गत मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन- १ मा प्रतिनिधि सभा उम्मेदवार बनेका थिए।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend