काठमाडौं। आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। यसदिन नेप्से परिसूचक १५.७ अंक घटेर १९ सय ४ मा झरेको छ।
आज १७८ कम्पनीको मूल्य घट्दा ३३ वटाको बढ्यो भने ८ को स्थिर रह्यो। कुल ९८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यो कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब १२ करोड बढी हो। सबै उपसमूहका सूचक ओर्लिएका छन्। बैंकिङ ५.३, विकास बैंक ४७, फाइनान्स २४, होटल तथा पर्यटन ७, जलविद्युत् ३२, जीवन बीमा ७६, उत्पादन ४४, माइक्रोफाइनान्स ३९, निर्जीवन बीमा ३५, अन्य १३ र ब्यापार उपसमूह ११ अंक घटे।
यस्तै आज कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ। आदर्श लघुवित्तको १० र सामलिङ पावरको मूल्य ८ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक, कुमारी बैंक संस्थापक, एसियन लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंक क्रमशः अगाडि रहे।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend