काठमाडौं । अपार्टमेन्ट तथा व्यापारिक भवन निर्माण गर्दा व्यवसायीहरूलाई फाइदा पुग्नेगरी संशोधन गरेको मापदण्डका कारण समस्या आएपछि सच्याउनुपर्ने दबाब सहरी विकास मन्त्रालयमाथि परेको छ ।
संशोधित मापदण्ड अनुसार ललितपुर महानगरपालिका–१ सानेपामा रहेको समिट होटल भत्काएर नयाँ लक्जरियस अपार्टमेन्ट ब्यापारी विनोद चौधरी र रविभक्त श्रेष्ठले निर्माण सुरु गर्दा वरिपरिका दर्जनौं घरहरु चर्किएका छन् । कम क्षेत्रफल भएका जग्गामा थोरै खाली ठाउँ छाडेर पनि अपार्टमेन्ट बनाउन सकिनेगरी मापदण्ड संशोधन गरेपछि सानेपामा निर्माण भएको अपार्टमेन्टको जग खन्न सुरु गर्नासाथ स्थानीयका घरहरु चर्किएका छन् ।
ब्यापारीको स्वार्थ अनुसार पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ परिमार्जन गरेकी थिइन् । परिमार्जित मापदण्डमा १७ मिटरभन्दा अग्ला भवन बनाउँदा राख्नुपर्ने सेटब्याक (सँधियारतर्फ छाड्नुपर्ने जग्गाको क्षेत्रफल) घटाइएको छ । जसले गर्दा क्षेत्रफल कम भएको जग्गामा पनि अग्ला भवन निर्माण गर्न सकिने भएको छ ।
अपार्टमेन्ट ब्यवसायीको स्वार्थमा आर्थिक चलखेलकै आधारमा तत्कालीन सहरी विकास मन्त्री झाँक्रीले उक्त मापदण्ड संशोधन गरेको आरोप छ । कम क्षेत्रफल भएका जग्गामा अग्ला भवन बनाउँदा धेरै गहिरो जग खन्ने क्रममा छिमेकीका घरहरु चर्किन सक्ने भएकैले २०७२ सालमा भूकम्प आएपछि खाली जग्गा राख्न तथा भवन सुरक्षित बनाउन सरकारले बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ ल्याएको थियो । उक्त मापदण्डअनुसार सय मिटरसम्मका अग्ला भवन निर्माण गर्दा २५ मिटर सेटब्याक छाड्नुपर्ने व्यवस्था कायम थियो । तर बिनोद चौधरीहरुको स्वार्थमा तत्कालीन सहरी विकास मन्त्री झाँक्रीले १२ मिटर मात्र सेटब्याक राखे पुग्नेगरी मापदण्ड संशोधन गरेकी थिइन् । उक्त संशोधित मापदण्ड अनुसार समिट होटल भत्काएर नयाँ अपार्टमेन्ट सुरु गरिएको थियो । सुरु गर्नासाथ स्थानीयका घर चर्किएपछि मापदण्ड संशोधनको बिरोध भइरहेको छ ।
वर्तमान सहरी विकास मन्त्री सिता गुरुङले उक्त मापदण्ड सच्याउँदै साविककै २०७२ कै २५ मिटर सेटब्याक छाड्नुपर्ने प्रावधान राख्नेतर्फ छलफल अगाडि बढाएकी छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend