काठमाडौं। लगातार चार दिन घटेको सेयर बजार आज पाँचौं दिन भने दोहोरो अंकले बढेको छ । नयाँ वर्ष २०८० सुरु भएपछि लगातार घटेको बजार परिसूचक नेप्से बुधबार भने बढेर बन्द भएको हो ।
बुधबार सेयर बजार मापक नेप्से १५.१३ अंकले वृद्धि हुँदा १९२०.१२ अंकमा बन्द भएको हो ।
म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि उकालो लागेको छ । विकास बैंक उपसूचक सर्वाधिक १.२७ प्रतिशतवे वृद्धि हुँदा व्यापार र फाइनान्स उपसूचक पनि १ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो ।
नेप्सेमा वृद्धि भएपनि कारोबार रकम पनि बढ्न सकेन । बुधबार नेप्सेमा २३ हजार ५०३ वटा कारोबारमा २५ लाख ७९ हजार ३२५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८७ करोड २१ लाखको कारोबार भएको छ । जसमध्ये स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वाधिक ८ करोड ८३ लाखको कारोबार हुँदा नबिल बैंकको सेयर ३ करोड ६६ लाख र एनआईसी एशिया बैंकको ३ करोड १९ लाखको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल २२० कम्पनीको सेयर कारोबार भएकोमा १६७ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै ४१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १२ कम्पनीको भने स्थिर छ ।
कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.५९ प्रतिशतले वृद्धि भएको छ ।
आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend