काठमाडौं। लगातार चार दिन घटेको सेयर बजार आज पाँचौं दिन भने दोहोरो अंकले बढेको छ । नयाँ वर्ष २०८० सुरु भएपछि लगातार घटेको बजार परिसूचक नेप्से बुधबार भने बढेर बन्द भएको हो ।
बुधबार सेयर बजार मापक नेप्से १५.१३ अंकले वृद्धि हुँदा १९२०.१२ अंकमा बन्द भएको हो ।
म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि उकालो लागेको छ । विकास बैंक उपसूचक सर्वाधिक १.२७ प्रतिशतवे वृद्धि हुँदा व्यापार र फाइनान्स उपसूचक पनि १ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो ।
नेप्सेमा वृद्धि भएपनि कारोबार रकम पनि बढ्न सकेन । बुधबार नेप्सेमा २३ हजार ५०३ वटा कारोबारमा २५ लाख ७९ हजार ३२५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८७ करोड २१ लाखको कारोबार भएको छ । जसमध्ये स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वाधिक ८ करोड ८३ लाखको कारोबार हुँदा नबिल बैंकको सेयर ३ करोड ६६ लाख र एनआईसी एशिया बैंकको ३ करोड १९ लाखको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल २२० कम्पनीको सेयर कारोबार भएकोमा १६७ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै ४१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १२ कम्पनीको भने स्थिर छ ।
कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.५९ प्रतिशतले वृद्धि भएको छ ।
आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend