Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ बढ्यो, चाँदीको कति पुग्यो ?


    बुधबार, बैशाख ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज बुधबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार यसअघिको तुलनामा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

    यसअघि प्रतितोला १ लाख १० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर १ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ । यसैगरी यसअघि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको तेजावी सुनको भाउ आज बढेर १ लाख ९ हजार ७५० रुपैयाँ पुगेको छ ।

    यता, आज चाँदीको भाउसमेत बढेको छ । मङ्गलबार प्रतितोला १ हजार ४३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ४४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार