Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि नेप्सेमा गिरावट, कारोबार रकम कति ?


    मंगलबार, बैशाख ५ २०८०
    995
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नयाँ आर्थिक वर्ष लागेपछि तेस्रो दिन सहित लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ। मंगलबार बजार परिसूचक नेप्से ३.०७ अंकले गिरावट हुँदा १९०४.९८ अंकमा बन्द भएको छ ।

    नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको नेप्से ४ वैशाख सोमबार २३.६३ अंकले गिरावट भएको थियो ।

    नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ ।

    मंगलबार नेप्सेमा २४ हजार ४२९ वटा कारोबारमा २९ लाख ७५ हजार ९२० कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ८७ करोड ४ लाखको कारोबार भएको छ । जसमध्ये प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक ५ करोड २६ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ३ करोड ९९ लाख र नेस्डो समृद्धि लघुवित्तको ३ करोड ३७ लाखको कारोबार भएको छ ।

    मंगलबार नेप्सेमा कुल २१९ कम्पनीको सेयर कारोबार हुँदा १३८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १९ कम्पनीको स्थिर रहेको छ । जसमध्ये कालिञ्चोक दर्जन र मोलुङ हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा जोशी हाइड्रोपावरको सेयरमूल्य ६.०५ प्रतिशतले वृद्धि भएको छ ।

    यता खप्तड लघुवित्तको सेयरमूल्य ५.०५ प्रतिशतले गिरावट हुँदा आदर्श लघुवित्तको सेयरमूल्य ४.६८ प्रतिशतले गिरावट भएको छ । यस्तै बाराही हाइड्रोपावरको सेयरमूल्य ४.२० प्रतिशतले गिरावट भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार