Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीमा जोशीको हत्या आरोपमा एक युवक पक्राउ


    सोमबार, बैशाख ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बैतडीमा धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरी फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    गत २ वैशाखमा दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गर्दै हत्या गरी फरार भएका उनका छिमेकी २३ वर्षीय महेन्द्र विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले विष्टलाई दोगडाकेदार गाउँपालिका-८ कै तल्लोतोलीमा लुकेर बसेको अवस्थामा सोमबार पक्राउ गरिएको जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र जिल्लाबाट खटिएको संयुक्त टोलीले विष्टलाई पक्राउ गरेरको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार