भैरहवा । क्यासिनोमा नेपालीलाई प्रवेश गराउने र जुवा खेलाउने क्रम बढेपछि नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवर एक्सनमा उत्रिएका छन् । आइजीपीको आदेशपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार होटल निर्वाण भैरहवामा संचालित निर्भाना लक्जरी क्यासिनोबाट ३ जना नेपालीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।
निर्भाना लक्जरी क्यासिनोबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरुमा रामगोपाल भोज, मनोज बानियाँ र महेन्द्र कलवार छन् । रुपन्देहीका एसपी भरतबहादुर विकले पक्राउ परेकाहरुलाई मुद्दा नचलाई छाड्न लागेका थिए । तर लुम्बिनी प्रदेशका डीआईजी उमेश जोशीले मुद्दा नचलाई छाडे कारबाही गर्ने चेतावनी दिएपछि जुवा ऐन अनुसार मुद्दा चलाउनुपर्नेमा अभद्र ब्यवहारमा मुद्दा बुधबार मुद्दा दर्ता गरिएको छ ।
भैरहवामा रहेका ६ वटा क्यासिनोमा प्रहरीको मिलेमतोमा नेपालीलाई जुवा खेलाउने गरेको गुनासो आएपछि आइजीपी कुँवरले लुम्बिनी प्रदेशका डीआईजी उमेश जोशीलाई अनुगमन गर्न निर्देशन दिएका थिए । डीआईजी जोशीले निर्वाना लक्जरी क्यासिनोमा प्रायः हरेक दिन नेपालीहरुलाई प्रवेश गराएर जुवा खेलाउने गरेको सूचना पाएपछि छापा हान्न निर्देशन दिएका थिए । प्रदेश प्रहरी कार्यालयको कडा निर्देशनपछि मात्र एसपी भरतबहादुर विकले निर्वाना लक्जरी क्यासिनोबाट तीनजनालाई पक्राउ गरेका थिए । तर जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार मुद्दा चलाउनुपर्नेमा अभद्र ब्यवहारमा मुद्दा चलाएर राहत दिने काम एसपी विकले गरेका छन् । निर्वाना लक्जरी क्यासिनोले जिल्ला प्रहरीमा सेटिङ गरी खुलेआम नेपालीलाई प्रवेश गराएर जुवा खेलाउँदैआएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले निर्वाना लक्जरी क्यासिनोबाट ३ जना नेपालीलाई नियन्त्रणमा लिएको बताए । अर्यालले भने–‘ नियन्त्रणा लिइएकाहरुका बिरुद्ध बुधबारै अभद्र ब्यवहारमा मुद्दा चलाइएको छ ।’ क्यासिनोबाट नियन्त्रणमा लिएका नेपालीलाई जुवा ऐन अनुसार मुद्दा चलाउनुपर्नेमा अभद्र ब्यवहारमा चलाइएकोबारेमा उनको भनाइ यस्तो छ–‘उनीहरु क्यासिनोमा प्रवेश गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । त्यही भएर अभद्र ब्यवहारमा मुद्दा चलाइएको हो ।’
निर्भाना होटलका मालिक राप्रपाका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर ३ का सांसद दीपक बोहरा हुन् । उक्त होटलमा संचालित निर्वाना लक्जरी क्यासिना ५ सय नक्कली भारतीय रुपैयाँको कारोबारमा मुछिएका सुनिलजंग रायमाझीको समेत लगानी छ । यद्यपि उनले उक्त क्यासिनोबाट लगानी झिकिसकेको दाबी पनि गर्दैआएका छन् ।
भैरहवामा ६ वटा क्यासिनो संचालित छन् । होटल टाइगर वनमा एसएचएल म्यानेजमेन्ट सर्भिसेजले संचालन गरेको क्यासिनो, होटल नान्समा संचालित सिद्धार्थ गेमिज जोन प्रालि, होटल लाकौलमा सुरेन्द्रबहादुर सिंहले संचालित गरेको ह्याप्पीआवर, किशोर सिलवालको रक इन्टरनेशनलले बोधी रेडसन होटलमा क्यासिनो र ड्रीमल्याण्ड होटलमा संचालित क्यासिनो संचालित छन् । भारतीय पर्यटकलाई लक्षित गरी खोलिएका यी क्यासिनोमा पछिल्लो समयमा प्रहरी सेटिङमै नेपाली प्रवेश गराउने गरिएको छ ।
क्यासिनो नियमावली २०७० मा नेपाललाई जुवा खेल्न निषेध गरिएको छ । क्यासिनो नियमावली २०७० को दफा १८ मा नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाउने ब्यवस्था छ । यदि त्यसरी नेपालीलाई जुवा खेलाएमा क्यासिनोको इजाजतपत्र रद्द हुने ब्यवस्था नियमावलीको दफा १४ को उपदफा २ मा छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend