भैरहवा । क्यासिनोमा नेपालीलाई प्रवेश गराउने र जुवा खेलाउने क्रम बढेपछि नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवर एक्सनमा उत्रिएका छन् । आइजीपीको आदेशपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार होटल निर्वाण भैरहवामा संचालित निर्भाना लक्जरी क्यासिनोबाट ३ जना नेपालीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।
निर्भाना लक्जरी क्यासिनोबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरुमा रामगोपाल भोज, मनोज बानियाँ र महेन्द्र कलवार छन् । रुपन्देहीका एसपी भरतबहादुर विकले पक्राउ परेकाहरुलाई मुद्दा नचलाई छाड्न लागेका थिए । तर लुम्बिनी प्रदेशका डीआईजी उमेश जोशीले मुद्दा नचलाई छाडे कारबाही गर्ने चेतावनी दिएपछि जुवा ऐन अनुसार मुद्दा चलाउनुपर्नेमा अभद्र ब्यवहारमा मुद्दा बुधबार मुद्दा दर्ता गरिएको छ ।
भैरहवामा रहेका ६ वटा क्यासिनोमा प्रहरीको मिलेमतोमा नेपालीलाई जुवा खेलाउने गरेको गुनासो आएपछि आइजीपी कुँवरले लुम्बिनी प्रदेशका डीआईजी उमेश जोशीलाई अनुगमन गर्न निर्देशन दिएका थिए । डीआईजी जोशीले निर्वाना लक्जरी क्यासिनोमा प्रायः हरेक दिन नेपालीहरुलाई प्रवेश गराएर जुवा खेलाउने गरेको सूचना पाएपछि छापा हान्न निर्देशन दिएका थिए । प्रदेश प्रहरी कार्यालयको कडा निर्देशनपछि मात्र एसपी भरतबहादुर विकले निर्वाना लक्जरी क्यासिनोबाट तीनजनालाई पक्राउ गरेका थिए । तर जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार मुद्दा चलाउनुपर्नेमा अभद्र ब्यवहारमा मुद्दा चलाएर राहत दिने काम एसपी विकले गरेका छन् । निर्वाना लक्जरी क्यासिनोले जिल्ला प्रहरीमा सेटिङ गरी खुलेआम नेपालीलाई प्रवेश गराएर जुवा खेलाउँदैआएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले निर्वाना लक्जरी क्यासिनोबाट ३ जना नेपालीलाई नियन्त्रणमा लिएको बताए । अर्यालले भने–‘ नियन्त्रणा लिइएकाहरुका बिरुद्ध बुधबारै अभद्र ब्यवहारमा मुद्दा चलाइएको छ ।’ क्यासिनोबाट नियन्त्रणमा लिएका नेपालीलाई जुवा ऐन अनुसार मुद्दा चलाउनुपर्नेमा अभद्र ब्यवहारमा चलाइएकोबारेमा उनको भनाइ यस्तो छ–‘उनीहरु क्यासिनोमा प्रवेश गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । त्यही भएर अभद्र ब्यवहारमा मुद्दा चलाइएको हो ।’
निर्भाना होटलका मालिक राप्रपाका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर ३ का सांसद दीपक बोहरा हुन् । उक्त होटलमा संचालित निर्वाना लक्जरी क्यासिना ५ सय नक्कली भारतीय रुपैयाँको कारोबारमा मुछिएका सुनिलजंग रायमाझीको समेत लगानी छ । यद्यपि उनले उक्त क्यासिनोबाट लगानी झिकिसकेको दाबी पनि गर्दैआएका छन् ।
भैरहवामा ६ वटा क्यासिनो संचालित छन् । होटल टाइगर वनमा एसएचएल म्यानेजमेन्ट सर्भिसेजले संचालन गरेको क्यासिनो, होटल नान्समा संचालित सिद्धार्थ गेमिज जोन प्रालि, होटल लाकौलमा सुरेन्द्रबहादुर सिंहले संचालित गरेको ह्याप्पीआवर, किशोर सिलवालको रक इन्टरनेशनलले बोधी रेडसन होटलमा क्यासिनो र ड्रीमल्याण्ड होटलमा संचालित क्यासिनो संचालित छन् । भारतीय पर्यटकलाई लक्षित गरी खोलिएका यी क्यासिनोमा पछिल्लो समयमा प्रहरी सेटिङमै नेपाली प्रवेश गराउने गरिएको छ ।
क्यासिनो नियमावली २०७० मा नेपाललाई जुवा खेल्न निषेध गरिएको छ । क्यासिनो नियमावली २०७० को दफा १८ मा नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाउने ब्यवस्था छ । यदि त्यसरी नेपालीलाई जुवा खेलाएमा क्यासिनोको इजाजतपत्र रद्द हुने ब्यवस्था नियमावलीको दफा १४ को उपदफा २ मा छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend