Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउनमा कृषि उत्पादन र आपूर्ति सुचारु रहने


    बुधबार, चैत्र १२ २०७६
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १२ चैत ।

    कोभिड १९ को विश्वब्यापी महामारी रोक्न देशब्यापी बन्द(लकडाउन) को अवस्थामा दैनिक जीवनमा आवश्यक पर्ने खाद्यवस्तुको उत्पादन तथा आपूर्ति सुचारु रहने कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

    महामारीको जोखिमबाट बच्न जारी गरिएको लकडाउनको आदेश पालना गर्दै आधारभूत खाद्यान्न, तरकारी, दुध, फलफूल, माछाामासु, अण्डा तथा पशुपंक्षीका दाना र आहारा, कुखुराको चल्लाको उत्पादन, ढुवानी एवं बिक्री बितरण सुचारु गर्न सम्बद्ध सबै सरोकारवालालाई मन्त्रालयले आग्रह गरेको छ ।

    कृषि मन्त्रालयले खाद्यान्न, तरकारी लगायतका उत्पादन वा आपूर्तिमा कतै ब्यवधान आएमा मन्त्रालय अन्तर्गतका कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसी र पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्मासँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार