काठमाडौं, १२ चैत । कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सहयोग गर्ने भएका छन् । उनले सरकारले स्थापना गरेको उक्त कोषमा एक महिनाको तलब दिने भएका हुन् ।
कोरोना रोकथाममा थोेरै भए पनि सहयोग पुग्ला भनेर सहयोग गर्न लागिएको जानकारी दिए ।
राष्ट्रपति, उपराष्ट्रपति राष्ट्रियसभा सदस्य, सांसद लगायतले यसअघि नै राहत कोषमा सहयोग गर्ने घोषणा गरिसकेका छन् ।