काठमाडौं । नेपाली कांग्रेस कैलालीले वडा तथा जिल्ला सम्मेलनका लागि प्रतिनिधि खटाएको छ । महोन्याल गाउँपालिका वडा नम्बर ३ को फलेबिसौनामा बसेको १० औं बैठकको निर्णय अनुसार निर्वाचन क्षेत्र तथा वडा सम्मेलन भव्यताका साथ सम्पन्न गराउन प्रतिनिधि खटाएको हो ।
जिल्लाको १० औं बैठकले बैशाख ५ गते वडा सम्मेलनको प्रारम्भ गरि जेष्ठ ५ गते मध्यवर्ती क्षेत्र कैलारी गाउँपालिकाको हसुलियामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम प्रतिनिधि सभा निर्वाचन क्षेत्रदेखि वडातहसम्म प्रतिनिधि खटाएको पार्टीका प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले जानकारी दिए ।
पाँच वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कैलालीको १ मा जिल्लाकी कोषाध्यक्ष देवकी कार्की, क्षेत्र नम्बर २ मा उपसभापति भीम बडुवाल, क्षेत्र नम्बर ३ मा खेमराज डंगौरा थारु, क्षेत्र नम्बर ४ मा सचिव केशवराज मिश्र र क्षेत्र नम्बर ५ मा नृप सुनारलाई खटाएको उनले जानकारी दिए ।
यस्तै, १० वटा प्रदेश निर्वाचन क्षेत्र र १३ वटा स्थानीय तहमा महासमिति सदस्यलाई खटाएको छ भने वडाहरुमा जिल्ला सदस्यलाई खटाईएको उनले बताए ।
नेपाली कांग्रेस कैलालीले बैशाख ५ देखि १० गतेसम्म वडा सम्मेलन, बैशाख १२ देखि १५ सम्म पालिका स्तरिय सम्मेलन, १७ देखि २० सम्म प्रदेश क्षेत्र स्तरिय सम्मेलन, २२ देखि २२ सम्म संघीय क्षेत्र स्तरिय सम्मेलन सम्पन्न गर्ने र जेठ ५ गते जिल्ला सम्मेलन गर्ने कार्यतालिका तय गरेको थियो ।
जिल्ला सम्मेलन तयारीका लागि पार्टीका उपसभापती खेमराज डगौरा थारुको संयोजकत्वमा अन्य जिल्ला पदाधिकारी, जिल्ला सदस्यहरु रहने गरि मुल तयारी समिति गठन गरिएको उनले जानकारी दिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend