Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखामा ९६ सवारी साधन प्रहरीको नियन्त्रणमा 


    बुधबार, चैत्र १२ २०७६
    620
    Shares
  • १ मिनेट पाठ
  • गोरखा, १२ चैत । गोरखामा लक डाउनको उल्लघंन गर्ने ९६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सरकारले कोराना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सोमबार साँझदेखि गोरखा जिल्ला लक डाउन गरिएको थियो । लक डाउनलाई अटेर गर्दै चलेका ८१ वटा मोटरसाइकल र १५ वटा चार पाङग्रे सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।

    ‘हामीले ठाउँठाउँमा चेकिङ राखेका छौं,’ उनले भने, ‘इमर्जेन्सी कामवाहेक गुडेका सवारीलाई नियन्त्रणमा लिँदै चालकलाई घर फर्काइदिने गरेका छौं ।’

    अनावश्यक रुपमा हिँडडुल गर्ने मानिसहरुलाई पनि रोकेर घर फर्काउने गरेको उनले बताए । अति आवश्यक कामवाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार