Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रवि लामिछानेविरुद्धको रिटमा कारण देखाऊ आदेश


    बुधबार, चैत्र २२ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । आज न्यायाधीश हरि फुयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसहितका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

    महान्ययाधिवक्ता दिनमणि पोखरेलले ६ चैतमा रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

    सिन्धुलीका युवराज पौडेल सफलले महान्याधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश माग गरेका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार